समाज


अमेरिकामा एकैदिन ४० हजार संक्रमित थपिए, सरुवारोगविज्ञ फाउची भन्छन्ः देश गम्भीर समस्यामा

अमेरिकामा एकैदिन ४० हजार संक्रमित थपिए, सरुवारोगविज्ञ फाउची भन्छन्ः देश गम्भीर समस्यामा

नेपालखबर
असार १३, २०७७ शनिबार ६:४४,

शुक्रबार एकैदिन अमेरिकामा ४० हजार १७३ नयाँ कोरोना संक्रमित पुष्टि भएको जोन्स हपकिन्स युनिभर्सिटीले जनाएको छ।

एकैपटक ४० हजारको दरले कोरोना संक्रमित थपिएसँगै अमेरिकी सरुवारोगविज्ञ एन्थोनी फाउची जो ट्रम्प प्रशासनका प्रमुख स्वास्थ्य सल्लाहकार पनि हुन् उनले अमेरिका गम्भीर समस्यामा परेको बताएका छन्।

फाउचीले सबै अमेरिकी राज्यको नीति एक भए मात्र कोरोनालाई अमेरिकाले जित्ने नभए यो बढेको बढ्यै हुने चेतावनी दिए।

अमेरिका कोरोनाले हालसम्म सबैभन्दा बढी प्रभावित देश हो। अमेरिकामा हालसम्म २४ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ। तीमध्ये १ लाख २५ हजारको मृत्यु भइसकेको छ भने १० लाखभन्दा बढी उपचारपछि निको भएका छन्।

शुक्रबार फाउचीले कोरोना नियन्त्रण गर्न अपनाइएका उपायहरु चाँडै खुला गर्दा अमेरिकामा कोरोना संक्रमितहरु बढी देखिएको बताए।

फाउचीले अमेरिकी नागरिकहरु सबै एक भएमा मात्र कोरोनालाई जित्न सकिने बताए। साथै उनले देशभर कोरोनाविरुद्धको एक नीति हुनुपर्नेमा जोड दिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad