समाज


तीन राउन्ड गोली लोड भएको अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

तीन राउन्ड गोली लोड भएको अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

नेपालखबर
असार ११, २०७७ बिहिबार १२:२२,

प्रहरीले तीन राउन्ड गोली लोडभएको अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

बुधबार राति प्रहरीले धरान उपमहानगरपालिका–१५ बाट धनकुटा सहिदभूमि गाउँपालिका–६ घर भएका २७ वर्षीय रोशन राईलाई बुधबार राति पक्राउ गरेको हो।

प्रहरीले राईका साथबाट तीन राउन्ड गोली लोडभएकाे अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान, मोबाइल २ थान र सिम कार्ड ६ थान बरामद गरेको जनाएको छ।

विशेष सूचनाको आधारमा प्रदेश १ क्षेत्रीय अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान १५ स्थित घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो।

उनले घरानको रामहंस मार्गमा पार्किङ गरी राखेको मोटरसाइकलको सिटमुनी लुकाईछिपाई राखेको अवस्थामा उक्त हातहतियार प्रहरीले फेला पारेको हो।

राई उपर जिल्ला अदालत सुनसरीबाट हातहतियार खरखजाना मुद्दामा ६ दिन म्याद
थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad