परराष्ट्र मन्त्रालयले चीनले नेपाली सीमा मिचिएको कुरा सत्य नभएको बताएको छ।
नेपाल–चीन सीमामा हराएका भनिएका ३७ र ३८ नम्बरका बाउन्ड्री मार्करहरु वास्तवमा बनाउँदै नबनाइएको मन्त्रालयको दाबी छ।
त्यहाँको प्राकृतिक अवस्थाका कारण दुवै मुलुकको सहमतिमा ती मार्करहरु तयार नै नगरिएको परराष्ट्रको भनाई छ।
‘दुई मुलुकबीच कुनै समस्या आइपरेको खन्डमा पनि नेपाल सरकारले दुवै तर्फका सम्बन्धित अधिकारीहरुसँगको आपसी परामर्शमा ती विषयलाई सुल्झाउँछ,’ परराष्ट्रले बिहीबार जारी गरेको वक्तव्यमा भनेको छ।
3
Shares

प्रतिक्रिया