समाज


कैलाली अस्पतालमा जटिल पत्थरीको सफल शल्यक्रिया

कैलाली अस्पतालमा जटिल पत्थरीको सफल शल्यक्रिया

नेपालखबर
असार ११, २०७७ बिहिबार ९:३९,

धनगढीको कैलाली अस्पतालले पहिलो पटक मूत्रनलीमा अड्किएको जटिल पत्थरीको सफल शल्यक्रिया गरेको छ।

अस्पतालले कञ्चनपुरका २९ महिने बालकको मूत्रनलीमा अड्किएको ७ दशमलव ८ एमएमको पत्थरीको सफल शल्यक्रिया गरिएको जनाएको छ।

अस्पतालका डा आनन्द पाठक र अरुण पाण्डेको समूहले दूरबिन प्रविधिबाट विनाचिरफार जटिल पत्थरीको शल्यक्रिया गरेको कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले जानकारी दिए।

धनगढीमै मूत्रनलीको जटिल पत्थरीको शल्यक्रिया भएपछि बालकका अभिभावकले खुशी व्यक्त गरेको अस्पताल प्रशासनले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad