नरवाणे मंगलबार र बुधबार दुईदिने भ्रमणका लागि लद्दाख पुगेका थिए। बुधबार उनले चिनियाँ सेनासँगको झडपका क्रममा घाइते भएका आफ्ना सेनालाई भेटेका थिए।
सोही क्रममा पाँच सेनालाई बहादुरीको प्रशंसापत्र प्रदान गरिएको द प्रिन्टले जनाएको छ। यी पाँच सेनाले गलवान उपत्यका र पाङगोङ क्षेत्रमा चिनियाँ सेनाविरुद्ध बहादुरी प्रस्तुत गरेको नरवाणेले बताएका थिए।

गतहप्ताको सोमबार लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु हुँदा ७६ जना घाइते भएका थिए।
चिनियाँ पक्षले भने आफ्ना सेनाको अवस्थाका बारेमा केही जानकारी दिएको छैन। भारतले गतहप्ता सिमानामा भएको झडपपछि आफ्ना सेनाले दिएको बलिदान खेर नजाने बताएको थियो।
चीनले दोहोर्याउँदै भारतकै कारण गलवन उपत्यकामा झडप भएको बताउँदै आएको छ।

प्रतिक्रिया