समाज


सार्वजनिक सवारी साधन आफूखुसी सञ्चालन हुन थालेपछि महासंघकाे यस्तो आपत्ति

सार्वजनिक सवारी साधन आफूखुसी सञ्चालन हुन थालेपछि महासंघकाे यस्तो आपत्ति

नेपालखबर
असार ११, २०७७ बिहिबार ६:१,

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ।

महासंघका महासचिव पुण्यप्रसाद सिटौलाले बुधबार साँझ विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै रहेको अहिलेको अवस्थामा सवारी साधनबाट यात्रु नओसार्न आग्रह गरेका छन्।

‘महासंघको नाम जोडेर केही व्यवसायीले आफुखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेकोप्रति ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ। ‘सार्वजनिक बसमा आफुखुशी यात्रु ओसारपसार गराउने कार्य गैरजिम्मेवार काम हो, यसको महासंघले घोर भत्र्सना गर्दछ,’ जारी विज्ञप्तीमा भनिएको छ।

महासंघले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोभिड–१९ को जोखिम हुने भएकाले यस्ता काम नगर्न सरकारलाई समेत अुनरोध गरेको छ।

विज्ञप्तिमा सार्वजनिक सवारी साधनले मनोमानी ढङ्गले यात्रु ओसारपसार गर्दा हुने कोरोनाको संभावित जोखिमको जिम्मेवारी महासङ्घले नलिने समेत उल्लेख गरिएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad