कारोबार


शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन रियलमी सी३ सार्वजनिक

शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन रियलमी सी३ सार्वजनिक

नेपालखबर
असार ११, २०७७ बिहिबार ६:५,

रियलमी, सबैभन्दा तीव्र वृद्धि भइरहेको स्मार्टफोन ब्राण्डले १८ हजार रुपैयाँ मूल्यअन्तर्गत सबैभन्दा शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन ट्रिपल क्यामेरा, गेम मोनिस्टर रियलमी सी३ फोन सार्वजनिक गरेको छ।

रियलमी सी३ रियलमीको इन्ट्री लेबल अल राउन्डर सी सिरिजमा अनुवृद्धि भएको कम्पनीको भनाइ छ। जसमा विश्वभर १०.२ मिलियन प्रयोगकर्ताहरु छन् र सफलतापूर्वक इन्ट्री लेबल सेगमेन्टका स्मार्टफोनलाई बाधित गरेको छ। रियलमी सी३ मुख्य ४ क्षेत्र—प्रदर्शन, ब्याट्री, डिस्प्ले र क्यामेराको एक सुपरस्टार हो।

सर्वप्रथम, सी३ मा मिडियाटेक हेलियो जी७० प्रोसेसर छ जसले दुवै मुख्यधार प्रयोगकर्ता र गेमर्सका लागि शक्तिशाली र द्रुत प्रदर्शन सुनिश्चिित गर्दछ ।

रियलमी सी३ दुई उत्तम कलर—ब्लेजींग रेड र फ्रोजन ब्लुमा सार्वजनिक गरिएको छ ।  रियालमी सी३, ३जीबी र्याम र ३२जीबी स्टोरेजका साथ रु १६९९० मा उपलब्ध हुनेछ । ट्रिपल क्यामेरा गेम मोनिस्टर—रियलमी सी३ देशभरका सबै अफलाइन आउटलेहरुमा उपलब्ध हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad