कर्णाली प्रदेशमा पछिल्लो ३४ घण्टामा थप २८ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्लामा बुधबार गरिएको परीक्षणमा थप २४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
संक्रमितहरुमध्ये सुर्खेतका १३, दैलेखका ३, जुम्लाका ४, जाजरकोट, रुपन्देही, सप्तरी, ताप्लेजुङ, उदयपुर, कालीकोट, दाङ र धनुषाका १÷१ गरी २८ जना रहेका छन्।
संक्रमितहरु सबै स्वास्थ्यकमीृको सम्पर्कमा रहेको महाशाखाले जनाएको छ।
योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १३ सय ३५ पुगेको छ।
प्रतिक्रिया