ad ad

समाज


‘भेदभाव अन्त्य गरौं, माया फैलाऔं’

‘भेदभाव अन्त्य गरौं, माया फैलाऔं’

नेपालखबर
असार १०, २०७७ बुधबार १०:३०,

कोरोना भाइरस (कोभिड–१९)को सन्दर्भमा फैलिरहेको दोषारोपण र भेदभावको अन्त्यको आह्वान गर्दै नेपालस्थित संयुक्त राष्ट्र संघका विभिन्न निकायहरू र देशमा रहेका ३० भन्दा बढी राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरूले आज ‘माया फैलाऔं’ अभियान सुरु गरेका छन्।

बुधबार नेपालमा पहिलो व्यक्तिमा कोभिड–१९ देखिएको पाँच महिना भयो। त्यसबेलादेखि कोभिड–१९ मुक्त व्यक्तिहरु र उनीहरुका परिवार, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरू, स्वास्थ्यकर्मीहरू, र जोखिममा रहेका व्यक्तिहरू जस्तै फरक पृष्ठभूमि, जाति र क्षमता भएका व्यक्तिहरूविरुद्ध बढिरहेको भेदभावका कैयौं सूचनाहरू आइरहेका छन्।

अहिले हामीले आफूलाई केवल भाइरसबाट मात्र होइन, यी डर, अफवाह र दोषारोपणबाट पनि एकर्कालाई जोगाउनु पर्छ। यति बेला हाम्रो सबैभन्दा ठूलो शक्ति नै सत्य तथ्य र एकता भएको भन्दै ति संस्थाहरुले माया फैलाऔं अभियानले सबैजनालाई कोभिड–१९ बाट प्रभावित व्यक्तिहरूको समर्थनमा माया, सद्भाव र आशाका सन्देशहरू फैलाउन आव्हान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .