ad ad

समाज


बेपत्ता सिंहको मोटरसाइकल भेटियो, मान्छे अझै सम्पर्क बाहिर

बेपत्ता सिंहको मोटरसाइकल भेटियो, मान्छे अझै सम्पर्क बाहिर

गोकुल जोशी
असार ३०, २०७६ सोमबार ६:४,

शुक्रबारदेखि बेपत्ता रहेका कञ्चनपुरका बसन्तबहादुर सिंहले प्रयोग गर्ने मोटरसाइकल तीनपछि भेटिएको छ। भीमदत्त नगरपालिका–७ हल्दुखालका सिंहले प्रयोग गर्ने म ३ प ५३७ नम्बरको मोटरसाइकल आइतबार बेवारिसे अवस्थामा भेटिएको छ।

भीमदत्त नगरपालिका–७ खन्या खोलामा मोटरसाइकल भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कृष्णादत्त भट्टले बताए। गत शुक्रबार प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रकमकको चेक बुझाउन जान्छु भन्दै घरबाट निस्केका ४५ वर्षीय सिंह अझै बेपत्ता रहेका छन्।

उनको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक भट्टले बताए। असार २७ गते प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रकमको चेक बुझाउन जाने भन्दै घरबाट महेन्द्रनगर बजार आएका सिंह बजार क्षेत्रबाटै बेपत्ता भएका थिए।

शनिबार मात्रै उनको परिवारले हराएको भन्दै खोज तलासका लागि जिल्ला प्रहरी कार्यायलमा उजुरी गरेका थिए। धनगढीबाट तालिम प्राप्त कुकुर ल्याएर समेत तीन दिन देखि बेपत्ता रहेका सिंहको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक भट्टले बताए।

‘हराएका सिंहले प्रयोग गर्दै आएको मोटरसाइकल आइतबार भेटिएको प्रहरी निरीक्षक भट्टले भने, ‘धनगढीबाट कुकुर ल्याएर समेत उनको खोजी कार्य जारी छ, पानी परेकोले कुकुरले खासै काम गर्न सकेको छैन।’

हराएको दिन अर्थात शुक्रबार राति ८ बजेसम्म घरपरिवारको सिंहसँग सम्पर्क भएको र आफू दैजी रहेको बताएका थिए। त्यसपछि भने उनीसम्पर्कमा नआएको प्रहरीको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .