ad ad

कारोबार


नबिल बैंकको वृक्षरोपण तथा सरसफाइ कार्यक्रम

नबिल बैंकको वृक्षरोपण तथा सरसफाइ कार्यक्रम

नेपालखबर
असार ३०, २०७६ सोमबार ६:३,

नबिल बैंकले मीनभवननजिकको वागमती नदीको किनारमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ। आफ्नाे ३५औं वार्षिक उत्सवको अवसरमा वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उदेश्यले यही २८ गते उक्त कार्यक्रम गरेको हो।

बैंकको ३०औं वार्षिकोत्सवको उपलक्ष्यमा २०७१ साउनमा यस क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजनाको सुरुवात गरिएको थियो। त्यसपछि बैंकले यस क्षेत्रमा नियमितरुपमा वृक्षहरुको सुरक्षा, सरस˚ाइ तथा थप वृक्षरोपण कार्यक्रमहरु बैंकले आयोजना गर्दै आएको छ।

बैंकको वार्षिकोत्सवको अवसरमा खेलकुदलगायत वृक्षरोपण तथा सरसफाइ कार्यक्रमहरु आयोजना गरी मनाएकोमा अध्यक्ष शम्भु प्रसाद पौड्यालले खुसी व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .