समाज


भारत सरकारले रामदेवकाे पतन्जलिलाई भन्यो : कोरोनाको औषधि पत्ता लगाएको भनी प्रचार बन्द गर

भारत सरकारले रामदेवकाे पतन्जलिलाई भन्यो : कोरोनाको औषधि पत्ता लगाएको भनी प्रचार बन्द गर

नेपालखबर
असार ९, २०७७ मंगलबार १४:३६,

भारतको आयुष मन्त्रालयले योगा गुरु रामदेवको कम्पनी पतन्जलिलाई कोरोनाको औषधि पत्ता लगाएको भन्ने प्रचारप्रसार बन्द गर्न निर्देशन दिएको छ।

स्वास्थ्य मामिला हेर्ने सो मन्त्रालयले बुधबार रामदेवको पतन्जलि आयुर्वेद लिमिटेडलाई पत्र लेखि त्यसबारे बिस्तृत छानविन नभएसम्म सो प्रचार बन्द गर्न भनेको हो।

‘पतन्जलि आयुर्वेद लिमिटेडलाई उसले पत्ता लगाएको भनेको औषधि कसरी बनेको, उसले गरेको अनुसन्धान स्थल, अस्पताल, बिधि, स्याम्पल साइज, संस्थागत इथिकल कमिटि स्वीकृति लगायत उपलब्ध गराउन र औषधि पत्ता लगाएको दाबी गरी गरिने प्रचार बन्द गर्न भनिएको छ,’ सो मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले समाचार लेखेको छ।

सो मन्त्रालयले उत्तराखण्ड प्रदेश सरकारलाई पनि पतन्जलिलाई कोरोनिल उत्पादन गर्न दिइएको लाइसेन्सको प्रति र अन्य विवरण उपलब्ध गराउन भनेको छ।
पतन्जलिको मुख्य कार्यालय उत्तराखण्ड प्रदेशको हरिद्वारमा रहेको छ।

त्यसैगरी, सो मन्त्रालयले सम्बन्धित निकायहरुसँग उसलाई दिएका लाइसेन्स लगायतका विवरण तथा स्वीकृतिबारेका जानकारी मागेको छ।

योगगुरु बाबा रामदेवले तीनदेखि सात दिनमै कोरोना निको हुने औषधि बनाएको दाबी गरेका थिए।

पतन्जलिले मंगलबार कोरोना निको पार्ने भनी कोरोनिल र स्वसारी नामक दुई औषधीको घोषणा गरेको थियो।

उसले परीक्षणका क्रममा कोरोना बिरामीमा शतप्रतिशत सकारात्मक नतिजा आएपछि सो घोषणा गरेको दाबी गरेको थियो।

हरिद्वारमा मंगलबार पत्रकार सम्मेलन गरी रामदेव आफैंले सो घोषणा गरेका हुन्।

याे पनि: तीनदेखि सात दिनभित्रै कोरोना निको हुने औषधि बनाएको रामदेवको दाबी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad