राजनीति


चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाको अन्तर्क्रियाप्रति कांग्रेस नेता रिजालको आपत्ति

चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाको अन्तर्क्रियाप्रति कांग्रेस नेता रिजालको आपत्ति

नेपालखबर
असार ९, २०७७ मंगलबार ९:६,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले चिनियाँ कम्युनिष्ट नेताले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा गम्भीर आपत्ती जनाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै उनले विगतमा छिमेकी राष्ट्रसँगको विशिष्ठ र कुटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुवै तर्फका नेता र दलहरु आलोचित हुन पुगेको भन्दै सत्तारुढ दलको ध्यानाकर्षण गराए। पछिल्लो समय चिनियाँ कम्युनिष्ट नेताहरु नेपालका सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु ‘अपाच्य’ रहेको भन्दै त्यस तर्फ गम्भीर नेकपाको ध्यानाकर्षण गराए।

उनले भने, ‘छिमेकी राष्ट्र भारत र चिन संग हाम्रो सम्बन्ध विशिष्ठ रहेको छ। हाम्रो र छिमेकका राष्ट्रहरुबीचको कुटनीतिक सम्बन्धको संवेदनशीलता र जनताहरुबीचको सौहार्दताको सीमा परवाह नगरेकाले दक्षिणको छिमेक र नेपाल दुवै तिरका दल र नेताहरु विगतमा आलोचित रहे। आगतमा उत्तरको छिमेकको दलको नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने र आन्तरिक झगडा र सत्ता सन्तुलन मिलाउनेमा लाग्ने काम उत्तिकै अपाच्य छ। यसमा सत्तारुढ दलको ध्यान जाओस्।’

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भिडियो अन्तर्क्रिया सुरु

उनले प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्स सहितको गाडी खरिद प्रक्रियाका सम्बन्धमा गृहमन्त्रीको जवाफ मागे

उनले भने, ‘प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्स सहितको ५ करोड मुल्यको गाडी खरिद प्रक्रिया कोरोनाको कहरमा फागुन देखि रोकिएको थियो। असार ३ देखि नेपाल प्रहरीले यो प्रक्रिया अघि बढायो भन्ने खबर एक राष्ट्रिय दैनिकमा आयो। माननीय गृहमन्त्री के यो साँचो हो? हो भने कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाईएला भन्ने डरले उल्फाको धन झैँ फजुल खर्च गर्न सरकारी तयारी हो यो। जवाफ पाउँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad