समाज


ललितपुरबाट भारतको उत्तर प्रदेश पुर्‍याइएकी १३ वर्षीया बालिकाको उद्धार, दुई पक्राउ

ललितपुरबाट भारतको उत्तर प्रदेश पुर्‍याइएकी १३ वर्षीया बालिकाको उद्धार, दुई पक्राउ

नेपालखबर
असार ८, २०७७ सोमबार २:०,

१३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो।

ललितपुर महानगरपालिकाकी १३ वर्षीया बालिकालाई काम लगाइदिने वहानामा भारत लगेर बेचबिखन गर्ने सिन्धुपाल्चोकका २२ वर्षीय कृष्ण मगर र २८ वर्षीय प्रवीन तामाङलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

‘काममा लगाइदिने भन्दै ललाइफकाई भारत पुर्‍याएको अवस्थामा जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा उत्तर प्रदेशबाट बालिकाको उद्धार गरेका छौँ,’ उनले भने, ‘बालिकालाई भारत पुर्याउने दुई व्यक्ति पनि पक्राउ परेका छन्।’

प्रवक्ता थपलियाका अनुसार मगर र तामाङले २०७६ फागुनमा ती बालिकालाई गोँगबुस्थित नयाँ बसपार्कबाट भैरहवा–सुनौली जाने बसमा चढाएर उत्तरप्रदेश पुर्‍याएको अनुसन्धानमा खुलेको छ।

पक्राउ परेका दुवैलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारवाही हुने ब्यूरोले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad