ब्राजिल, कोरोना भाइरसबाट विश्वमै धेरै मृत्यु हुने दोस्रो देश बनेको छ। जहाँ कोरोना संक्रमणका कारण ५० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
संक्रमितको संख्या १० लाखभन्दा बढी पुगेको केही दिनपछि नै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या विश्वमै दोस्रो बढी देखिएको हो।
तर विज्ञ पर्याप्त परीक्षण नगरिएका कारण र संक्रमण उच्च बिन्दुमा पुग्न बाँकी रहेकाले वास्तविक संख्या अझ बढी हुन सक्ने बताउँछन्।
यसअघि आइतबार स्वास्थ्य मन्त्रालयले २४ घण्टामा थप ६ सय ४१ जनाको मृत्यु भएको जनाएको थियो।
योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ५० हजार ६१७ पुगेको छ।
बितेको २४ घण्टामा १७ हजार संक्रमित थपिएका छन्। मृतक र संक्रमितका हिसाबले संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ। जहाँ अहिलेसम्म संक्रमतिको संख्या २२ लाख पुगेको छ भने कोरोनाबाट १ लाख २० हजार जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया