ad ad

समाज


चिनियाँ सेनासँग झडप भएपछि भारतले सीमा नजिकको एयरबेसमा युद्धक विमानको संख्या बढायो

चिनियाँ सेनासँग झडप भएपछि भारतले सीमा नजिकको एयरबेसमा युद्धक विमानको संख्या बढायो

नेपालखबर
असार ६, २०७७ शनिबार ८:४३,

टाइम्स अफ इन्डियाका अनुसार भारतले सीमा नजिकको एयरबेसमा सुखोइ–३० एमकेआइ, मिराग २०००, अमेरिकन अपाचे फाइटर हेलिकप्टर, चिनोक्स हेलिकप्टर र जाग्वार फाइटर विमानहरुको संख्या बढाएको छ।

यी युद्धक विमानहरु चीनको खतरा मध्यनजर गर्दै बढाएर तैनाथ गरिएको विश्लेषण गरिएको छ। यी विमानहरुले छोटो समयमै घटनास्थल पुगेर आक्रमण गर्न सक्ने सामथ्र्य राख्छन्।

झडपको घटना अगाडि नै ग्लोबल टाइम्सले लगवान उपत्यका वरपर चिनियाँ जनमुक्ति सेनाले अत्याधुनिक हतियार तैनाथ गरेको बताएको थियो। हुपेइ प्रान्तमा सैन्य अभ्यास गरेर हजारौं चिनियाँ सेना सिधै भारतको सीमा नजिक पुगेको बताइएको छ।

हालै लद्दाख नजिक दुवै देशले दाबी गर्दै आएको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो। चिनियाँ पक्षले भने विवरण सार्वजनिक गरेको छैन।

टाइम्स अफ इन्डियाका अनुसार गत बुधबार र बिहीबार मात्र भारतीय वायु सेना प्रमुख आरकेएस भदौरियाले लद्दाख नजिकका लेह र श्रीनगरका एयरबेसको भ्रमण गरेका थिए।

हाल भारतीय वायुसेनाले चीनसँगको उत्तरी सीमा नजिकै पर्ने लेह, श्रीनगर, अवन्तिपुर, बरेली, तजपुर, चउबा र जासीमारा लगायतका सबै एयरवेसमा सैनिक सक्रियता बढाएको बताइएको छ।

यसै विषयमा सरकारी स्रोतलाई उदृतगर्दै एएनआइले भनेको छ,‘वायु सेना प्रमुखले दुईदिनको भ्रमणमा त्यस क्षेत्रमा सैन्य परिचालनको तयारीबारे अनुगमन गरेका थिए।’

चीन र भारत दवैले सीमा विवाद समाधान गर्न वार्ता गरिरहेको बताएपनि भारत र चीनबीच आरोप र प्रत्यारोप भने भइरहेको छ।

चीनले भारतकै कारण गलवान उपत्यकामा झडप भएको बताइरहँदा भारतले आफूले पनि जवाफ फर्काउनसक्ने बताइरहेको छ।

हालै चीन नजिकका भारतीय एयरबेसमा भ्रमण गरेर फर्किएका भारतका वायु सेना प्रमुख आरकेएस भदौरियाले शनिबार मात्र सेनाको बलिदान व्यर्थ हुन नदिने बताएका छन्।

उनले हैदरावादस्थित वायुसेना अकेडेमीको संयुक्त परेडमा भनेका छन्,‘हामी शान्ति स्थापित गर्न पुरै प्रतिबद्ध छौं तर यो पनि स्पष्ट छ कि हामी आइपर्ने जस्तोसुकै अवस्थासँग जुध्न तयार छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .