ad ad

समाज


कोरोनाको एक नमूना परीक्षणका लागि ३५ देखि ४५ सयसम्म खर्च लाग्छ : निर्देशक झा

कोरोनाको एक नमूना परीक्षणका लागि ३५ देखि ४५ सयसम्म खर्च लाग्छ : निर्देशक झा

नेपालखबर
असार ६, २०७७ शनिबार ९:०,

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले एक जनाको कोरोना परीक्षण (पीसीआर टेस्ट)का लागि साढे तीनदेखि साढे चार हजार खर्च लाग्ने गरेकाे बताएकी छन्।

शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक झाले सरकारले साढे तीनदेखि साढे चार हजार खर्चमा एक कोरोना टेस्ट गरिरहेको जानकारी दिएकी हुन्।

उनले परीक्षणमा लाग्ने रकम कति परीक्षण गरिन्छ भन्ने कुरामा भर पर्ने बताइन्। ‘एकपटकमा कति परीक्षण गर्छौै भन्नेमा भर पर्छ। कम परीक्षण भए बढी पैसा र बढी परीक्षण भए कम पैसा लाग्ने हुन्छ’, निर्देशक झाले भनिन्।

 यसअघि सरकारले निजी क्षेत्रलाई एक नमूना परीक्षणको ५५ सय रुपैयाँ दिने निर्णय गरेको थियो।

उनले अहिलेसम्म देशभर गरेर २२ वटा परीक्षण प्रयोगशाला रहेको र ५ वाट थप गर्ने तयारी भइरहेको जानकारी दिइन्। ‘सशस्त्र प्रहरी, नेपाल प्रहरी हस्पिटल र दैलेख र डडेल्धुरामा प्रयोगशाला थप गर्ने तयारी भइरहेको छ’, उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .