समाज


कोरोना संक्रमितको संख्या ८७ लाखभन्दा धेरै, तर ५४ हजारको अवस्था मात्रै गम्भीर

कोरोना संक्रमितको संख्या ८७ लाखभन्दा धेरै, तर ५४ हजारको अवस्था मात्रै गम्भीर

नेपालखबर
असार ६, २०७७ शनिबार ५:५१,

विश्वभर कोरोना संक्रमितको संख्या ८७ लाख ६५ हजार चार सय ७३ पुगेको छ। संक्रमित मध्ये ५४ हजार आठ सयको अवस्थामा मात्रै गम्भीर छ।

कोरोना सम्बन्धि विवरण अपडेट गर्दै आएको रहेको वल्र्डओमिटरका अनुसार विश्वभरका अधिकांश संक्रमितको अवस्था सामान्य छ। ४६ लाख १९ हजार ६ सय ४५ जना संक्रमित उपचारपछि निको भएका छन्।

हाल ३६ लाख ७४ हजार नौ सय २५ जना संक्रमित उपचारको क्रममा छन्। त्यसमध्ये ५४ हजार आठ सयको अवस्था मात्रै गम्भीर छ। उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

अहिलेसम्म संक्रमणबाट चार लाख ६२ हजार आठ सय ८८ जनाले ज्यान गुमाएका छन्। विश्वमा सबैभन्दा बढी अमेरिकामा एक लाख २१ हजार चार सय सात जनाले ज्यान गुमाएका छन्।

अमेरिकापछि क्रमशः ब्राजिल, बेलायत, इटाली, स्पेन, फ्रान्स, मेक्सिको र भारतमा धेरैको मृत्यु भएको छ। अहिलेसम्म ब्राजिलमा ४९ हजारभन्दा धेरै, बेलायतमा ४२ हजार चार सय ६१, इटालीमा साढे ३४ हजार भन्दा धेरै, फ्रान्समा साढे २९ हजार भन्दा धेरै, स्पेनमा २८ हजार भन्दा धेरै, मेक्सिकोमा २० हजार भन्दा धेरै र भारतमा झण्डै १० हजारको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad