समाज


दुई महिनाकी गर्भवती किशोरी क्वारेन्टिनबाट बेपत्ता

दुई महिनाकी गर्भवती किशोरी क्वारेन्टिनबाट बेपत्ता

नेपालखबर
असार ६, २०७७ शनिबार २:३२,

सप्तरीको राजविराज नगरपालिकाको क्वारेन्टिनबाट १६ वर्षीया एक किशोरी फरार भएकी छिन्।

राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट परीक्षणको रिपोर्ट नआउँदै पाँच दिनअघि एक युवकलाई घर पठाएको थियो। अहिले यही क्वारेन्टिनबाट किशोरी फरार भएकी हुन्। फरार किशोरी गर्भवती रहेको प्रहरीले जनाएको छ।

सबै जना सुतेको बेला मध्यरातमा विद्यालयको पछाडिबाट ती किशोरी भागेको हुनसक्ने क्वारेन्टिनका इञ्चार्ज हरिवंश यादवले बताए। यादवका अनुसार क्वारेन्टिनमा बसेकाको गन्ती गर्ने क्रममा फेला नपरेपछि मात्र किशोरी भागेको पत्ता लागेको हो।

किशोरी झ्यालको फलामे छड बङ्ग्याएर भागेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले किशोरीको खोजी गरिएको बताए। भारतको दिल्लीबाट आएकी किशोरी जेठ २५ गतेदेखि क्वारेन्टिनमा बस्दै आएकी थिइन्।

गत माघ १३ गते एक युवकसँग भागेर भारतको दिल्ली गएकी किशोरीलाई उनकी आमाले बोलाएपछि राजविराज आएकी थिइन्।

राजविराज आएपछि क्वारेन्टिनमा बसेको १० दिनपछि भागेकी ती किशोरी जान सक्ने घर, माइत, आफन्तकहाँ खोजी गरे पनि फेला नपरेको प्रहरीले जनाएको छ । क्वारेन्टिनमा खटिएका महिला स्वास्थ्यकर्मीका अनुसार उनी २ महिनाकी गर्भवती छिन्।

यसअघि सोही क्वारेन्टिनबाट रिपोर्ट नआउँदै घर पुगेका राजविराज–१ का ३० वर्षीय युवकको रिपोर्ट पोजेटिभ आएपछि मङ्गलबार नियन्त्रणमा लिई राजविराज–२ स्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा राखिएको छ।

युवकको सम्पर्कमा रहेकालाई पनि क्वारेन्टिनमा ल्याएर राखिएको इञ्चार्ज हरिवंश यादवले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad