ad ad

समाज


बेइजिङमा २१ नयाँ संक्रमित थपिए, स्थानीय संक्रमण बढेपछि सयौं आन्तरिक उडान रद्ध

बेइजिङमा २१ नयाँ संक्रमित थपिए, स्थानीय संक्रमण बढेपछि सयौं आन्तरिक उडान रद्ध

नेपालखबर
असार ४, २०७७ बिहिबार ७:१२,

गएको २४ घण्टामा बेइजिङमा २१ नयाँ संक्रमित थपिएको सिन्ह्वाले जनाएको छ। यी सबै स्थानीय संक्रमणका कारण संक्रमित बनेको बताइएको छ। २१ मध्ये ३ जनामा भने कोरोनाको लक्षण नदेखिएको बताइएको छ।

विज्ञहरुले चीनमा कोरोनाको दोस्रो लहर देखापर्ने चेतावनी दिइरहेको सयमा पछिल्लो समय बेइजिङमा स्थानीयस्तरमा संक्रमित बढ्न थालेका छन्।

पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको छ।

यहाँका माछाबजार र तरकारी बजारहरु बन्द गर्न थालिएका छन्। संक्रमित देखिएका आवसीय क्षेत्रहरु लकडाउन गरिएको छ।

यसबीचमा हालै सुचारु गरिएका आन्तरिक उडानहरु रद्ध गरिएको छ। जसका कारण सयौं आन्तरिक उडान प्रभावित बनेका छन्।

अधिकारीहरुले दिएको जानकारीअनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्ध भएका छन्।

बेइजिङबाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखिनै बन्द हुँदै आएको थियो। त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ।

त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ। टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाई छ।

अहिले बेइजिङको माध्यामिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई अनलाईन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .