समाज


खलंगामा गण, छाङरुमा गुल्म बन्छ : आईजीपी खनाल

खलंगामा गण, छाङरुमा गुल्म बन्छ : आईजीपी खनाल

नेपालखबर
असार ३, २०७७ बुधबार १२:३७,

सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले दार्चुलाको खलंगामा गण र छाङरुमा गुल्म स्थापना गरिने बताएका छन्।

छाङ्रुमा स्थापना भएको बीओपीको निरीक्षण गरेर फर्किएका आईजीपी खनालले दार्चुला सदरमुकाम खलंगामा रहेको गुल्मलाई गण र व्यास गाउँपालिका १ को छांगरुमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) लाई गुल्म बनाइने बताएका हुन्।

दार्चुलाका अन्य स्थानमा समेत सशस्त्र प्रहरीको थप पोष्ट स्थापना छिट्टै गरिने उनले बताए।

लेकमको लाली, मालिकार्जुनको जोलजीवी र व्यासको दुम्लीङमा बोर्डर आउट पोष्ट राख्ने सशस्त्रको तयारी छ। सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग सीमा जोडिएका १२५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्र सीमामा निगरानी गरिरहेको छ। स्रोत साधन थप गरेर सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने आईजीपी खनालले बताए।

उनले व्यासको छांगरु, तिंकरमा स्वास्थ्य सेवा आवश्यक रहेको बताए। ‘कम्तीमा अहिले १५ शय्याको अस्पताल निर्माण गर्न सक्यौं भने त्यहाँका नागरिकले सुविधा पाउँछन्, त्यसका लागि हामी पनि पहल गर्छौं, तपाईंहरु पनि गर्नुहोस्’, उनले भने, ‘सशस्त्र प्रहरी डाक्टर नै खटाउनुपर्छ भने पनि हामी तयार छौँ।’

छाङ्रुमा गुल्मका लागि भवन निर्माण गर्न ११ करोड बजेट विनियोजन भइसकेको र भवन निर्माणका लागि प्रक्रिया अगाडि बढेको जानकारी दिए।

darchulakhanal

छाङ्रुबाट फर्किएपछि सदरमुकाम खलंगामा निर्माण भएको सशस्त्र प्रहरी बलको नेपाल नम्बर ५० गुल्मको भवन उद्घाटन गरेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापासँगै बुधबार छाङ्रुमा निरीक्षणका लागि पुगेका आईजीपी खनालले त्यहाँबाट फर्केपछि भवनको उद्घाटन गरेका हुन्।

व्यास गाउँपालिका १ छांगरुमा गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपी स्थापना भएको थियो।

२०७३ सालमा २ करोड ३० लाखको लागतमा दुईतले भवन बनेको थियो। अर्को वर्ष ५७ लाख ७३ हजारमा अर्को तला थपेर तीन तले भवन तयार भएको गुल्मपति डीएसपी डम्मरबहादुर विष्टले बताए। २०७० माघदेखि दार्चुलाको खलंगामा सशस्त्र प्रहरी बस्न थालेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad