समाज


कालीकोटमा थप १४ जना कोरोना संक्रमित

कालीकोटमा थप १४ जना कोरोना संक्रमित

नेपालखबर
असार ३, २०७७ बुधबार ११:३४,

कालीकोटमा कोरोनाका थप १४ संक्रमित फेला परेका छन्।

स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो।

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नंं २ का १९, २१, २१, २४, ३८ र ६० वर्षीय पुरुष तथा वडा नं ३ का २३, ४२ र ५० वर्षीय पुरुष र १८, २२, ५१ वर्षीया महिलामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए। संक्रमित आइसोलेशनमा छन्।

‘संक्रमितको संख्या ४३ छ जसमध्ये १ जना बाजुराका छन्’, उनले भने, ‘२५ जना निको भएर घर गइसक्नुभएको छ। हाल आइसोलेशनमा १८ भर्ना हुनुभएको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad