समाज


संक्रमित फेरि भेटिन थालेपछि बेइजिङका सयौँ उडान रद्ध, कोरोनाविरुद्धको उपाय कडा पारिँदै

संक्रमित फेरि भेटिन थालेपछि बेइजिङका सयौँ उडान रद्ध, कोरोनाविरुद्धको उपाय कडा पारिँदै

नेपालखबर
असार ३, २०७७ बुधबार ९:१८,

पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो।

उच्च सतर्कता अपनाउने क्रममा बेइजिङमा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्ध गरिएको छ।

अधिकारीहरुले दिएको जानकारीअनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्ध भएका छन्।

बेइजिङमा अहिलेसम्म ९० हजार जनाको कोरोना परिक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन्।

बेइजिङबाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखिनै बन्द हुँदै आएको थियो। त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ।

त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ। टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाई छ।

बुधबारदेखि माध्यामिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई अनलाईन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ।

बेइजिङ्का सार्वजनिक स्थलहरुमा आवत जावत गर्न पनि कडाई गरिएको समाचारमा जनाइएको छ। रासस/पिटिआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad