समाज


ट्रम्पले सिफारिस गरेको कोरोनाविरुद्धको औषधि अमेरिकामा प्रयोग गर्न रोक

ट्रम्पले सिफारिस गरेको कोरोनाविरुद्धको औषधि अमेरिकामा प्रयोग गर्न रोक

नेपालखबर
असार २, २०७७ मंगलबार ६:१७,

ट्रम्पले मलेरिया तथा लुपस रोगको लागि प्रयोग हुने औषधि हाइड्रोक्सीक्लोरोक्विनले कोरोना ठिक हुने दाबी गर्दै आएका छन्।

यस औषधिले केही कोरोना संक्रमित ठिक भएपनि यसबाट धेरैको ज्यान गएको चिकित्सकहरुले बताउँदै आएका छन्।

डब्लूएचओले पनि यस औषधि कति प्रभावकारी भनेर अनुसन्धान गरिरहेको समयमा अमेरिकामा भने यस औषधिको प्रयोगमा रोक लागेको छ।

अमेरिकी सरकारको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले हाइड्रोक्सीक्लोरोक्वीन कोरोना भाइरससँग लड्न नसक्ने औषधि भएको बताएको छ।

कोरोना संक्रमितमा यस औषधिले असर नगरेको एफडीएको भनाइ छ। गत मार्चमा मात्र एफडीएले यस औषधि प्रयोग गर्न अनुमति दिएको थियो।

ट्रम्पले केही समय अगाडि भनेका थिए,‘मैले दुईहप्ता यस औषधिको प्रयोग गरेको छु। र म तपाइहरुको अगाडि स्वस्थ उभिएको छु।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad