दक्षिण कोरियाली भूमिबाट उत्तर कोरियाली गतिविधि बढेपछि उत्तर कोरियाले ‘डिमिलिटराइज्ड जोन’ डीएमजेटमा सेना पठाउने धम्की दिएको हो।
डिएमजेटले उत्तर र दक्षिण कोरियाको सिमानालाई छुट्याउँछ। यहाँ सेना तथा हतियार राख्न पाइँदैन। सन् १९५० पछि दुवै देशले यसलाई तटस्थ क्षेत्र मान्दै आएका छन्।
तर पछिल्लो समय दक्षिण कोरियाको सीमाबाट उत्तर कोरियाको विरोधमा बेलुनहरु उडाइएपछि उत्तर कोरिया दक्षिणसँग रुष्ट बनेको छ। उक्त बेलुनहरुमा उत्तर कोरियाली सरकारको आलोचना गरिएको छ।
उत्तरले उक्त कार्य बन्द हुनुपर्ने नभए सैन्य कारवाही गर्ने चेतावनी नै दिएको छ। सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले केहीदिन अगाडि दक्षिणलाई सैन्य कारवाही गर्ने चेतावनी दिएकी थिइन्।
यतिबेला भने उत्तरले आफ्ना सेनाहरु तटस्थ क्षेत्रमा जान तयार भएको बताएको छ। उत्तर कोरियाले डीएमजेटमा सेना पठाउने बताइरहँदा दक्षिण कोरियाले वार्ता र छलफलबाट समस्या हटाउनुपर्ने बताएको छ।
सोमबार दक्षिणका राष्ट्रपति मुन जाय इनले वार्ताको विकल्प नभएको बताएका थिए। उत्तरले सीमामा सैन्य गतिविधि बढाउने बताएपछि दक्षिण कोरियाले अमेरिकी सेनासँग उत्तरको निगरानी गर्ने बीबीसीले जनाएको छ।
उत्तर कोरियाले तटस्थ क्षेत्रमै सेना पठाउने चेतावनी दिएपछि यस विषय विश्वभर चासोको विषय बनेको छ।
दक्षिण कोरियाको सीमानामा उत्तरविरुद्ध गतिविधि बढेको बताउँदै यतिबेला उत्तरले दक्षिणसँगको सबै सम्पर्क बन्द गरेको छ।
सीमानामा लाखौं बेलुन तथा पर्चा उडाइएको छन् जहाँ उत्तर कोरियाली सरकारको विरोध गरिएको छ। एजेन्सी

Shares

प्रतिक्रिया