दोलखा केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए।
‘बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको हो,’ नेपालखबरसँग उनले भने, ‘यो १२ वैशाख ०७२ मा गोरखा केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पकै परकम्प हो।’
१२ वैशाख ०७२ मा गोरखाको बारपाक केन्दु भएर गएको विनाशकारी भूकम्पपछि चार रेक्टरस्केल माथिका पाँच सय ४० वटा परकम्प गइसकेका भट्टराईले जानकारी दिए।

प्रतिक्रिया