कला


बलिउड अभिनेता सुशान्तसिंहको आत्महत्यापछि चिन्ताग्रस्त भाउजुको पनि मृत्यु

बलिउड अभिनेता सुशान्तसिंहको आत्महत्यापछि चिन्ताग्रस्त भाउजुको पनि मृत्यु

नेपालखबर
असार २, २०७७ मंगलबार ५:३८,

चर्चित भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेपछि विक्षिप्त बनेकी उनको भाउजुको पनि मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार देवर सुशान्तको आत्महत्याको खबरकाे शोकले भाउजु सुधादेवीको मृत्यु भएको हो।

बिहारको पूर्णिया जिल्ला मलडिहा निवासी उनी सुशान्तको आत्महत्याको खबर सुन्नेबित्तिकै विक्षिप्त बनेकी थिइन् र खाना खान छाडेकी थिइन्।

सुशान्तसिंहको अन्तिम संस्कार भइरहेका बेला घरमै रहेकी सुधादेवीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

मुम्बईको बान्द्रास्थित  आफ्नै घरमा सुशान्तसिंहले आइतबार पासो लगाएर आत्महत्या गरेका थिए।

याे पनि: सुशान्तलाई श्रद्धाञ्जलि दिँदै दीपकराज गिरीले लेखेः जसले आत्महत्याविरुद्ध यस्तो फिल्म खेले, उनै पासाेमा झुन्डिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad