समाज


भारतले देशव्यापी लकडाउन फेरि लागू गर्नसक्ने

भारतले देशव्यापी लकडाउन फेरि लागू गर्नसक्ने

नेपालखबर
असार १, २०७७ सोमबार ८:११,

लकडाउन खुकुलो बनाएयता भारत कोरोना भाइरस ‘कोभिड १९’ को केन्द्र बनेको छ। यतिबेला भारत कोरोना प्रभावित राष्ट्रको चौथो स्थानमा पुगिसकेको छ।

भारतभन्दा प्रभावित राष्ट्र भने अमेरिका, ब्राजिल र रुस हुन्। हालसम्म भारतमा ३ लाख ३२ हजार ७८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

९ हजार ५ सय २३ को मृत्यु भइसक्दा १ लाख ६९ हजार ७४८ उपचारपछि स्वस्थ बनेका छन्।

भारतमा लकडाउन खुकुला बनाइएको केही समयमात्र भएको छ। यसबीचमा भारतमा दैनिक १० हजारभन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिरहेका छन्।

गएको २४ घण्टामा मात्र भारतमा ११ हजार ५ सयभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्। आइतबार झन्डै १२ हजार संक्रमित थपिएका थिए।

लकडाउन खुकुलो बनाउँदा दिनदिनै ठूलो संख्यामा कोरोना संक्रमित थपिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी लकडाउन फेरि लागू गर्ने मनसायमा भएको इकोनोमिक टाइम्सले जनाएको छ।

केन्द्र सरकारलाई विभिन्न राज्यले कोरोना भयावह बनेको भनेर प्रतिक्रिया जनाएको इकोनोमिक टाइम्समा उल्लेख गरिएको छ।

भारतीय संचारमाध्यमका अनुसार मोदीले विभिन्न राज्यमा मुख्यमन्त्रीसँग जुन १६ र १७ तारिखमा बैठक गर्दैछन्। उक्त बैठकमा मोदीले मुख्यमन्त्रीसँगको सुझावपछि देशमा लागू हुने समान रणनीति तय गर्नेछन्।

त्यसपछि देशव्यापी लकडाउन गर्ने या नगर्ने निर्णय हुनेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad