कर्णालीमा उत्पादित वस्तु अब ‘कर्णाली ब्राण्ड’मा बजारीकरण गरिने भएको छ।
आगामी आर्थिक वर्षको बजेट कार्यक्रममार्फत आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले त्यसको लागि कोशेली घर नै निर्माण गरिने घोषणा गरेका हुन्।
कर्णाली प्रदेशभित्र उत्पादन तथा बिक्री वितरण हुने प्रमुख पहिचानजन्य उत्पादनको बजारीकरण लागि ‘कर्णाली ब्राण्ड’ प्रवद्र्धन गरिने बजेटमा उल्लेख छ। स्थानीय उत्पादनमा आम नागरिकको रुचि, वस्तुको गुणस्तर, बजार पहुँच वृद्धि गर्न वीरेन्द्रनगरमा कर्णाली कोशेली घर निर्माण गरिने र त्यसको लागि १ करोड रुपैयाँ खर्च गरिने बताइएको छ।
3
Shares

प्रतिक्रिया