समाज


कैलालीमा क्वारेन्टिनमै महिलाको सामूहिक बलात्कार, स्वास्थ्यकर्मीसहित तीन पक्राउ

कैलालीमा क्वारेन्टिनमै महिलाको सामूहिक बलात्कार, स्वास्थ्यकर्मीसहित तीन पक्राउ

नेपालखबर
जेठ ३२, २०७७ आइतबार १६:५४,

कैलालीको लम्कीचुहा नगरपालिका-१, स्थित सहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमै एक महिला सामूहिक बलात्कारमा परेकी छन्।

पीडित महिलाको उजुरीपछि प्रहरीले क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मीसहित तीन जनालाई पक्राउ गरेको छ।

पीडितले क्वारेन्टिनमै खटिएका दुई स्वयंसेवक र एक स्वास्थ्यकर्मी मिलेर शनिबार मध्यराति आएर सामूहिक बलात्कार गरेको आरोप लगाएकी छन्।

लम्कीचुहा नगरपालिकाकै ३१ वर्षीया ती महिला १२ दिनअघि भारतबाट आएर क्वारेन्टिनमा बसेकी थिइन्।क्वारेन्टिनमा बसेका अन्य सबै परीक्षण गरेर घर गइसकेको र आफू एक्लै भएको अवस्थामा उनीहरू आएर सामूहिक बलात्कार गरेको पीडित महिलाको आरोप छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दोषीविरुद्ध कारबाही माग गर्दै स्थानीय वासिन्दाले आइतबार वडा कार्यालय तोडफोड गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .