समाज


पर्वत पहिरो अपडेट : पुरिएकामध्ये ६ जनाको शव फेला, अझै तीन बेपत्ता

पर्वत पहिरो अपडेट :  पुरिएकामध्ये ६ जनाको शव फेला, अझै तीन बेपत्ता

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ६:२४,

पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा गएराति आएको पहिरोमा पुरिएका ९ मध्ये ६ जनाको शव भेटिएको छ भने अझै तीन बेपत्ता छन्।

घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका ९ जना पुरिएका हुन्। पहिरोमा पुरिएकामध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दीपा थापा तथा कमला विक र प्रमिशा विकको शव भेटिएको हो।

थप तीन जनाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएका सम्राट थापा, विवेक थापा र जेनिस विकको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए।

Image may contain: mountain, sky, cloud, outdoor and nature

नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल र स्थानीयवासीले उद्धारलाई जारी राखेका छन्।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए। बिहानबाट पुनः उद्धारकार्य शुरु भएको कुश्मा नगरपालिका–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए।

शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि सो स्थानमा पहिरो गएको हो। पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन्। स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको थियो। रासस

Image may contain: 1 person, sky, cloud, plant, tree, mountain, outdoor and nature

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad