पछिल्लो समय भारतमा लकडाउन खुकुलो भएपछि दैनिक १० हजारभन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिरहेका छन्।
गएको २४ घण्टामा भारतमा ११ हजार ९२९ नयाँ कोरोना संक्रमित थपिए। भारतमा एकैदिन देखिएको यो नै सबैभन्दा बढी कोरोना संक्रमितको संख्या हो।
सोही अवधिमा भारतमा ३११ को मृत्यु भएको बीबीसीहिन्दीले जनाएको छ। शनिबार मात्र भारतमा ११ हजार ४५८ कोरोना संक्रमित थपिएका थिए।
यससँगै आइतबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ३ लाख २० हजार ९२२ पुगेको छ।
लकडाउन खुलेपछि भारत कोरोनाको केन्द्र नै बनेको छ। हाल भारतमा दैनिक १० हजारभन्दा बढी कोरोना संक्रमित थपिँदै गएका छन्।
डब्लूएचओले कोरोना संक्रमितको संख्या घट्नासाथ विभिन्न देशले लकडाउन खोलेका कारण कोरोनाको दोस्रो लहर सुरु भएको चेतावनी दिइसकेको छ।
हाल भारत कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको चौथो स्थानमा छ। अमेरिका, ब्राजिल, रुसपछि भारत कोरोनाबाट निकै प्रताडित बनेको छl

प्रतिक्रिया