समाज


काठमाडौंसहित देशभर वर्षाको सम्भावना, केही ठाउँमा ठूलो पानी पर्ने

काठमाडौंसहित देशभर वर्षाको सम्भावना, केही ठाउँमा ठूलो पानी पर्ने

नेपालखबर
जेठ ३२, २०७७ आइतबार १:१,

आज (आइतबार) देशका सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

प्रदेश १ र २ का एक–दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

‘अहिले (आइतबार बिहान) पनि प्रदेश ६ र ७ मा हल्का वर्षा भइरहेको छ,’ नेपालखबरसँग उनले भने, ‘दिउँसो देशका अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना छ।’

उनका अनुसार अहिले बिहान प्रदेश २, बागमती र ५ मा घाम लागेको छ। तर केही बेरपछि मौसम बदली हुनेछ।

‘काठमाडौं उपत्यकामा अहिले आंशिक बदली छ, तर केही बेरपछि मौसम पूर्ण बदली (आकाश पूरै बादलले ढाक्ने) हुनेछ,’ मौसमविद् श्रेष्ठले भने, ‘दिउँसोतिर मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।’

मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे प्रकाशन गरेको बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, २, बागती, गण्डकी र ५ का केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने सम्भावना छ।

यस्तै राति प्रदेश २, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

मौुसमविद् श्रेष्ठका अनुसार पूर्वी क्षेत्रमा मनसुनी प्रणाली सक्रिय छ भने बागमती प्रदेशदेखि पश्चिम स्थानीय वायु तथा पश्चिम क्षेत्रमा पश्चिमी वायुको प्रभावले मौमस बदली गराएको हो।

‘मनसुन बिस्तारै फैलिँदै छ,’ उनले भने, ‘अहिलेसम्म बागमती प्रदेशसम्म आइपुगेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad