छापा खबर


नेपालमा भयाबह बन्दै कोरोना : प्रत्येक एक घण्टामा १२ जना संक्रमित थपिँदै

 नेपालमा भयाबह बन्दै कोरोना : प्रत्येक एक घण्टामा १२ जना संक्रमित थपिँदै

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ०:३४,

प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन्।

पछिल्लो एक सातालाई आधार मान्दा प्रत्येक घण्टामा १२ जनाको हाराहारीमा नयाँ संक्रमित थपिएको देखिन्छ। यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत आइतबार २ सय १३, सोमबार ३ सय १४, मंगलबार ३ सय २३, बुधबार २ सय ७९, बिहीबार २ सय ५० र शुक्रबार ४ सय ४८ जना नयाँ संक्रमित थपिएका थिए।

कुल संक्रमितमध्ये ९ सय १३ जना डिस्चार्ज भएका छन् । जसअन्तर्गत पुरुष ८ सय २२ र महिला ९१ जना छन् । हालसम्म संक्रमितमध्ये १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले बताए । यसैगरी, नेपालमा मृत्यु भएका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले शनिबार नियमित कोरोना ब्रिफिङका क्रममा वीरगन्जमा २८ जेठ र ३० मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले उनीहरूको वीरगन्ज प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा शनिबार बिहान रिर्पोटमा कोरोना पोजिटिभ आएको जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad