समाज


डिसेम्बरदेखि युरोपका नागरिकले कोरोनाविरुद्ध खोप पाउने

डिसेम्बरदेखि युरोपका नागरिकले कोरोनाविरुद्ध खोप पाउने

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ०:३०,

युरोपेली मुलुकका नागरिकले अबको ६ महिनाभित्र कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन्।

युरोपियन संघमा आबद्ध देशका जनताका लागि आउँदो डिसेम्बरसम्म ४० करोड डोज खोप उपलब्ध गराउने गरी इटाली, जर्मनी, फ्रान्स र नेदरल्यान्डले बेलायतको बायो फर्मास्युटिकल्स कम्पनी एस्ट्राजेनेकासँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

शनिवार यस्तो सम्झौता भएको जर्मन सरकारले जनाएको छ। यस्तै इटालीका स्वास्थ्यमन्त्री राेबर्टाे स्पेरन्जाले पनि आफ्नो फेसबुकमार्फत खोप उपलब्ध गराउने विषयमा सम्झौता भएको जानकारी दिएका छन्।

 

उत्पादक कम्पनी एस्ट्राजेनेकाले यही वर्ष (सन् २०२०) को अन्तिमसम्म पहिलो चरणको खोप वितरण सुरु भइसक्ने जनाएको छ। कम्पनीका प्रमुख एक्जिक्युटिभ पास्कल सारियोले भनेका छन्, ‘सबै थोक सही भयो भने युरोपका करोडौं नागरिकले यो खोप पाउने निश्चित छ।’

यो खोपको पछिल्लो नाम एजेडडी१२२२ राखिएको कम्पनीले जनाएको छ। यो खोप कोरोनाविरुद्ध प्रभावकारी देखिएको कम्पनीका प्रमुख सारियोले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad