समाज


भारतमा एकै दिन १२ हजार भन्दा धेरै संक्रमित थपिए, मृतकको संख्या ९ हजार नाघ्यो

भारतमा एकै दिन १२ हजार भन्दा धेरै संक्रमित थपिए, मृतकको संख्या ९ हजार नाघ्यो

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ०:१२,

भारतमा शनिबार एकै दिन १२ हजार भन्दा धेरै संक्रमित थपिएका छन्। संक्रमणको कारण हिजो त्यहाँ तीन सय नौ जनाले ज्यान गुमाएका छन्।

वर्ल्डओमिटरका अनुसार भारतमा शनिबार १२ हजार २३ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा संक्रमितको संख्या तीन लाख २१ हजार ६ सय २६ पुगेको छ।

त्यहाँ कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या नौ हजार एक सय ९९ पुगेको छ।

त्यसैगरी गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण चार हजार ३७ जनाले ज्यान गुमाएका छन्। योसँगै विश्वमा संक्रमणको कारण ज्यान गुमाउनेको संख्या चार लाख ३१ हजार सात सय २६ पुगेको छ।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या ७८ लाख ५५ हजार २१ पुगेको छ भने गएको २४ घण्टामा मात्रै विश्वभर गरेर एक लाख २७ हजार नौ सय २८ जना नयाँ संक्रमित थपिएका छन्।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा आठ सय ९० जनाले ज्यान गुमाएका छन् भने त्यसपछि ज्यान गुमाउनेको संख्या अमेरिकामा धेरै छ।

अमेरिकामा गएको २४ घण्टामा ६ सय ९९ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख १७ हजार नाघेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad