समाज


नेपाल –इजरायल कोरोना परामर्श समिति गठन

नेपाल –इजरायल कोरोना परामर्श समिति गठन

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार ६:३७,

कोरोना भायरस (कोभिड–१९) को उपचारसम्बन्धी ज्ञान र अनुभव आदान प्रदान गर्न नेपाल–इजरायल केरोना योजना (एनआईसीआई) गठन भएको छ।

यही जेठ १३ गते इजरायलस्थित नेपाली राजदूतावासको संयोजनमा दुई देशका चिकित्सकबीच नेपालमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र न्यूनीकरणका लागि इजरायलले प्राप्त गरेका अनुभव र सफलताका विषय आदन–प्रदानका लागि भर्चुअल संवाद भएको थियो।

संवादका आधारमा कोरानाको महामारीबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक मेडिकल व्यवस्थापनका लागि एनआईसीआई गठन भएको इजरायलका लागि नेपाली राजदूत डा अन्जान शाक्यले जानकारी दिए। दुवै देशका आ–आफ्ना विशेषज्ञसहितको समितिले उपचार र व्यवस्थापनबारे परामर्श गर्नेछन्। नेपाल पक्षको संयोजकमा काठमाडौँ विश्वविद्यालयका डा. विराज कर्माचार्य रहेका छन्।

राजदूत शाक्यले भने, ‘इजरायल कोरोना नियन्त्रणमा सफल देखिएको सन्दर्भमा अत्याधुनिक प्रविधि, ज्ञान र अनुभवबाट नेपाल लाभान्वित हुनसक्ने अपेक्षा हामीले लिएका छौँ।’

उनका अनुसार सो समितिमा नेपालका तर्फबाट स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइराला, स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोखरेल, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका प्रतिनिधि, स्वास्थ्य सेवा विभागकी निर्देशक रोशनी लक्ष्मी तुइतुइ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा रहेका छन्।

त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बाँस्तोला, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक, भीमप्रसाद सापकोटा, नेपाल सशस्त्र प्रहरी अस्पतालका डा शैलेन्द्र श्रेष्ठ, नेपाल सैनिक अस्पतालका डा अरुण न्यौपाने र डा सुशील रावल, नेपाल प्रहरी अस्पतालका डा आशिष दत्त, पाटन अस्पतालमा डा आशिष श्रेष्ठ, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा सन्तकुमार दास पनि समितिमा रहेका छन्।

दुई देशबीचको दौत्य सम्बन्ध अझ प्रगाढ बनाइराख्न इजरायलको प्रविधि, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा विभिन्न सम्झौताहरु सम्पन्न भइसकेको छ। ती सम्झौता कोरोनाको महामारी न्यून भएपछि कार्यान्वयन हुनेगरी अघि बढाइने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad