प्रतितोला ९० हजार रुपैयाँ पुग्नै लाग्दा सुनको मूल्य रोकिएको छ। छापावाल सुन बिहीबार ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार पनि सोही मूल्य यथावत् रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
लकडाउनपछि जेट २५ गतेबाट सुनचाँदी बजार खुलेको थियो। बजार खुल्दा नै १० हजार ४ सय रुपैयाँले मूल्य बढेको थियो।
चाँदीको मूल्य भने बिहीबारको तुलनामा घटेको छ। चाँदी बिहीबार ९ सय ५० रुपैयाँ प्रतितोला कारोबार भएकोमा शुक्रबार ९ सय ३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।
3
Shares

प्रतिक्रिया