समाज


डोटीका पहिलो कोरोना संक्रमित ‘डिस्चार्ज’

डोटीका पहिलो कोरोना संक्रमित ‘डिस्चार्ज’

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार ६:४५,

जिल्लाको पहिलो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन्।

भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका वडा ३ का २५ वर्षीय युवक १५ दिन जिल्ला अस्पताल डोटीको आइसोलेसन वार्ड रही कोरोनालाई जितेर बिहीबार घर फर्किएको अस्पतालले जनाएको छ।

अहिले ती युवकलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख तथा निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा.ज्योति पाण्डेले बताए।

उनले भने, ‘संक्रमित युवकलाई हामीले १५ दिन आइसोलेशन वार्डमा राखेका थियौँ, उनमा कोरोनाको थप कुनै लक्षण नदेखिएपछि ‘आइसोलेशन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरेका छौँ।’

संक्रमित युवकलाई यही जेठ १९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो। त्यसअघि उनका छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमती र छोरासहित जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखेर ‘थ्रोट स्वाब’ लिएर पीसीआर परीक्षण गरिएको थियो। दुवैकोे नतिजा नेगेटिभ देखिएको थियो। डोटीका थप पाँच जना अन्य संक्रमित आइसोलेसनमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad