पहिरो खसेका कारण बनेपा-बर्दिबास र बल्खु कुलेखानी सडकमा गाडी चल्न सकेका छैनन्।
बाढीपहिरोका कारणका राजधानी काठमाडौँ प्रवेश गर्ने यी दुई वैकल्पिक नाका अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्।
अबरुद्ध सडक मर्मत गरेर सञ्चालन गर्ने पहल भैरहेको सडक विभागले जनाएको छ।
यतिबेला काठमाडौँबाट बनेपा–सिन्धुली हुँदै बर्दिबास निस्कने विपी राजमार्ग, बल्खु हुँदै कुलेखानी हेटौँडा जोड्ने सडक पूर्णरुपमा अबरुद्ध छ।
हेटौँडा बल्खु सडक सञ्चालनमा आउँन अझै केही दिन लाग्ने सडक विभागले जनाएको छ।
यो सडकको हेटौँडा कुलेखानी खण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ।
त्यसैगरी सिन्धुलीको खुर्कोट नजिक सडकमा माथिबाट ठूलो ढुंगो खस्दा गए रातिदेखि सडक अबरुद्ध छ।
सडकको ढुंगा पन्छाएर राजमार्ग खुलाउने प्रयास भइरहेको सिन्धुलीका एसपी चन्द्रबहादुर सिंहले नेपालखबरलाई जानकारी दिए।
बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिका ११ माम्ती र सिन्धुलीको सुनकोशी गाउँपालिका १ कमेरेमा भने एकतर्फी सडक सञ्चालनमा आएको छ।
पहिरोले सडक बगाउँदा विगत दुई दिनदेखि यो राजमार्ग भएर यातायातका साधन चल्न सकेका छैनन्।

प्रतिक्रिया