सर्लाहीको बागमती नगरपालिकामा खोलाले बगाएर ल्याएको अवस्थामा एक पुरुषको बेवारिसे शव फेला परेको छ।
बागमती नगरपालिका-७ स्थित वाग्मती नदीको बगरमा नाम, थर, वतन नखुलेको करिब ५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।
बाढीले बगाएर लयाएको अवस्थमा शव सडेको अवस्थमा फेला परेको कुँवरले बताए।
उचाइ पाँच फिट तीन इन्च र कम्मरमा गम्छा बेरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया