समाज


घरमै गएर युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा सिरहाबाट एक युवक पक्राउ

घरमै गएर युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा सिरहाबाट एक युवक पक्राउ

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ४:३४,

छिमेककी एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

गाउँकै एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका-४ महोलिया निवासी २२ वर्षीय हैदर मियाँलाई पक्राउ गरेको हो।

सुतिरहेको अवस्थामा गएको आइतबार राति घरभित्र प्रवेश गरी मियाँले जबर्जस्ती करणी गरेको पीडित युवतीले बताएकी छन्। उनको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

पीडित युवती र युवक दुवैको स्वास्थ्य परीक्षण गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad