पूर्वआईजीपी रमेशचन्द ठकुरी आज (बिहीबार) जेलमुक्त हुँदै छन्।
सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि १ वर्ष जेल सजाय तोकिएका उनी २० दिन सजाय छुट पाएर डिल्लीबजारस्थित कारागारबाट मुक्त हुन लागेका हुन्।
कारागारमा सहनाइके रहेका उनले अनुशासन कायम गर्न समेत सहयोग गरेको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीप कँडेलले बताए। साेहीबापत उनले २० दिन कैद छुट पाएका हुन्।
प्रहरी महानिरीक्षक हुँदा नै उनलाई भ्रष्टाचारको मुद्दा लागेको थियो। त्यसपछि उनलाई पदबाट निलम्बन गरिएको थियो।
सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनका लागि एपीसी खरिदमा उनीसहित प्रहरी अधिकृतहरूलाई भ्रष्टाचारको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो।
ठकुरीका पालामा सामान खरिद नभए पनि अन्तिम भुक्तानी उनले दिएको भन्दै अख्तियारले मुद्दा लगाएको थियो।

प्रतिक्रिया