समाज


आजबाट सवारी साधन जोर-विजोर प्रणालीका आधारमा सञ्चालन हुने

आजबाट सवारी साधन जोर-विजोर प्रणालीका आधारमा सञ्चालन हुने

नेपालखबर
जेठ २९, २०७७ बिहिबार १:९,

सरकारले गएको ११ चैतदेखि देशभर लागू गरेको लकडाउनको मोडालिटीमा केही परिवर्तन गरेको छ।

बुधबार राति अबेला सकिएको मन्त्रिपरिषद् बैठकले जोखिम कम भएका क्षेत्रमा पसलहरु खुला गर्ने तथा मोटरसाइकल, निजी कार लगायतका सवारी साधनलाई जोर विजोर नम्बरका आधारमा चलाउन दिने निर्णय गरेको हो।

काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रमा बिहीबारदेखि जोर विजोर प्रणाली लागू गरेर सवारी साधन सञ्चालन हुनेछन्।

सवारी साधनको पछाडिको अंक जोर भएका सवारी साधन जोर गते र विजोर भएका सवारी विजोर गतेका दिन चलाउन पाउने निर्णय सरकारले गरेको हो।

कोरोना संक्रमण नियन्त्रण तथा व्यबस्थापन सम्बन्धी केन्द्रीय निकाय सीसीएमसीले निर्धारण गरेको प्रक्रिया पूरा गरी व्यवसाय पनि सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ।

यससम्बन्धी बिस्तृत निर्णय भने आज (विहीबार) सार्वजनिक गरिने सरकारका एक मन्त्रीले जानकारी दिए। स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, व्यापार खुकुलो गर्ने निर्णय पनि सरकारले गरेको छ।

तर, विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थान भने तत्काल खुल्ला नहुने भएका छन्।

सरकारले गएको १० चैतबाट अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन रोकेको थियो भने ११ चैतबाट लकडाउन गरेको थियो। त्यसयता पटकपटक लकडाउनको समय थप हुँदै आएको थियो। पछिल्लो पटक थपिएको लकडाउन ३२ जेठसम्म कायम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad