छापा खबर


लकडाउनमा ३७ वटा केस, ८१ जनाविरुद्ध मुद्दा दर्ता

लकडाउनमा ३७ वटा केस, ८१ जनाविरुद्ध मुद्दा दर्ता

नेपालखबर
जेठ २९, २०७७ बिहिबार १:२७,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लकडाउनको अवधिमा ३७ वटा केसमा ८१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

अकुत सम्पत्ति, घुस, नक्कली सर्टिफिकेट, आर्थिक अनियमिततालगायतका मुद्दा अख्तियारले विशेष अदालतमा दर्ता गरेको खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।

आर्थिक अनियमिततासँग सम्बन्धित आठवटा मुद्दामा ३३ जनाविरुद्ध मुद्दा चलाइएको छ। नक्कली सर्टिफिकेट प्रयोग गरेर सरकारी जागिर खाने ११ जना, अकुत सम्पतिसँग जोडिएका चारवटा मुद्दामा आठ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

त्यस्तै, घुस रकम लिएका १४ वटा मुद्दामा २४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ। घुस लिनेमा वन कार्यालयका प्रमुख, प्रहरी, स्थानीय निकायका वडा सदस्यसम्म छन् । अख्तियारले लकडाउनको अवधिमा १५ हजारदेखि ३ लाख रुपैयाँ घुस लिनेसम्मलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ।

त्यस्तै, राजस्वसम्बन्धी मुद्दामा ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । लकडाउनका बीच अख्तियारले हिरासतमा राखेको चार जनालाई हिरासतमुक्त गरेको थियो। अख्तियारले सरकारी मुखपत्र गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालासहित चार जनाविरुद्ध २६ लाख १६ हजार १० रुपैयाँ विगो कायम गरेर मुद्दा दर्ता गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad