कारोबार


टेलिकमको १५ लाख निष्क्रिय सिमकार्ड पुनः प्रयोगमा

टेलिकमको १५ लाख निष्क्रिय सिमकार्ड पुनः प्रयोगमा

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ०:३४,

नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्डलाई पुनः प्रयोगमा ल्याएको छ।

नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको संख्या पूरा भएपछि पुरानै सिमकार्ड ‘रिसाइकल’ गरिएको टेलिकमका प्रवन्धक डिल्ली अधिकारीले जानकारी दिए।

रिसाइकल गरिएका नयाँ सिमकार्डको नम्बर पुरानै हुने भए पनि बजारमा पुनः बिक्री गर्न सकिने अधिकारीले बताए।

नेपाल टेलिकमले प्राधिकरणबाट हाल ९८४ र ९८६ नम्बरको अपरेटर कोड प्राप्त गरेको छ। टेलिकमका सिमकार्ड नम्बर यिनै अंकबाट सुरु हुन्छन्। यसबाहेक टेलिकमले ९८५ लाई पोस्टपेड सिमकार्ड प्रयोगकर्ताका लागि उपयोग गरिरहेको छ।

गएको मंसिरमै प्रिपेडतर्फको दुई करोड संख्या नाघेपछि टेलिकमले त्यसयता रिसाइकल गरेरै बजारमा सिमकार्ड पठाउँदै आएको थियो।

प्राधिकरणका अनुसार गत मंसिरमा टेलिकमका दुई करोड १४ लाख ५३ हजार जीएसएम मोबाइल प्रयोगकर्ता थिए। गएको चैतसम्म आइपुग्दा प्रयोगकर्ता एक करोड ७१ लाख ३९ हजारमा झरेको टेलिकमले जनाएको छ।

हाल एनसेलका एक करोड ६९ लाख ६१ मोबाइल प्रयोगकर्ता छन् भने स्मार्ट टेलिकमका ग्राहक २१ लाख पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad