ad ad

समाज


चर्को विरोधपछि ब्राजिलले कोरोनाको तथ्यांक सार्वजनिक गर्न थाल्यो

चर्को विरोधपछि ब्राजिलले कोरोनाको तथ्यांक सार्वजनिक गर्न थाल्यो

नेपालखबर
जेठ २८, २०७७ बुधबार ७:१४,

कोरोना भाइरस नियन्त्रण गर्न नसकेको भन्दै ब्राजिल सरकारको चर्को आलोचना हुने गरेको छ।

यसबीचमा केही दिन अगाडि राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरसको तथ्यांकले वास्तविकतालाई झल्काउन नसक्ने भन्दै सरकारको वेबसाइटबाट कोरोनाको तथ्यांक दिन बन्द गरिदिएका थिए।

तर बोल्सोनारोको यस कार्यको चर्को विरोध भयो। विरोधबीच त्यहाँको सर्वोच्च अदालतले मंगलबार मात्र सरकारलाई कोरोनाको तथ्यांक सार्वजनिक गर्न भनेपछि ब्राजिलले पुनः तथ्यांक सार्वजनिक थालेको हो।

ट्रम्पका नजिकका मित्र मानिने बोल्सोनारोले कोरोना भाइरसलाई सामान्य रोग भन्दै आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .