कोरोना नियन्त्रण तथा यसले जनजीवनमा सिर्जना गरेको संकट समाधानका विषयमा सुझाव दिन नेपाली कांग्रेसको प्रतिनिधमण्डलले आज (बुधबार) प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्दै छ।
यही जेठ २६ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार प्रधानमन्त्रीलाई भेटेर माथि उल्लिखित विषयमा ध्यानाकर्षण गराइने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा कांग्रेसको प्रतिनिधिमण्डल प्रधानमन्त्री ओलीलाई भेट्न अहिले बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्ने कार्यक्रम रहेको कांग्रेस पार्टी सचिवालयले जनाएको छ।
3
Shares
प्रतिक्रिया