ad ad

समाज


कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल

कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल

नेपालखबर
जेठ २८, २०७७ बुधबार २:०,

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना सङ्क्रमित महिलाको शल्यक्रिया सफल भएको छ।

अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको मङ्गलबार दिउँसो शल्यक्रिया गरिएको थियो। गर्भवतीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका उपनिर्देशक डा.दिनेश श्रेष्ठले जानकारी दिए।

१८ साताकी गर्भवतीको बेरिएको आन्द्राको सफल शल्यक्रिया गरिएको हो। डा.प्रदीप थापा, डा.आशिष भट्टलगायतको टोलीले शल्यक्रिया गरेको हो। महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ।

भारतबाट आएर क्वारेन्टिनमा रहेको अवस्थामै बिरामी भएपछि उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। उनमा संक्रमण पुष्टि भएपछि शिक्षण अस्पताल कोहलपुरको बहिरङ्ग विभाग र आपातकालीन कक्षलाई सोमबार रातिदेखि नै पूर्णरुपमा बन्द गरिएको थियो।

उपचारमा संलग्न चिकित्सक, नर्स र सहयोगीसहित १४ जनालाई क्वारेन्टिनमा राखिएको छ। अस्पताललाई पूर्णरूपमा स्यानिटाइज गरी सञ्चालनमा ल्याइने अस्पतालका सहनिर्देशक डा नितेषकुमार कनोडियाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .