धनुषाको सबैलामा गए राति गोली प्रहार गरी एक युवकको हत्या भएको छ।
मध्यराति अज्ञात समूहले एकान्तमा लगेर गोली प्रहार गरी सबैला नगरपालिका ७ लवटोलीका २५ वर्षका हारुन मण्डलको हत्या गरेको हो।
‘घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर एकान्तमा लगि गोली प्रहार गरी युवकको हत्या गरेको जस्तो देखिन्छ,’ इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले नेपालखबरसँग भने, ‘उनको शव घरभन्दा करिब २ सयमिटर टाढा फेला परेको हो।’
धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले मण्डलको छातीमा गोली प्रहार भएको जानकारी दिए।
कार्कीका अनुसार युवकको हत्या कसले र किन गरेको हो खुल्न सकेको छैन। घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया